Rule 23
स्थायी लेखा नम्बर
(१) यो नियमावली प्रारम्भ हुँदाका बखत स्थायी लेखा नम्बर प्राप्त गरी नसकेको र निर्धारण योग्य आय आर्जन गर्न चाहने, विभागले स्थायी लेखा नम्बर लिनुपर्ने भनी तोकिएको वा ऐनको परिच्छेद–१७ अन्तर्गत करकट्टी गर्नु पर्ने जुनसुकै
व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा कर कट्टी गर्नु अगावै स्थायी लेखा नम्बरको लागि विभागमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम स्थायी लेखा नम्बर लिन अनिवार्य नभएको र स्थायी लेखा नम्बर प्राप्त गरी नसकेको अन्य व्यक्तिले पनि स्थायी लेखा नम्बरको लागि विभागमा निवेदन दिन सक्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम निवेदन प्राप्त भए पछि निवेदकलाई विभागले स्थायी लेखा नम्बरको प्रमाणपत्र प्रदान गर्नेछ ।
(३क) स्थायी लेखा नम्बर लिएका व्यक्तिले विभागले सूचना प्रकाशन गरी तोकेको अवधिभित्र सो सूचनामा उल्लिखित विवरण विभागको वायोमेट्रिक प्रणालीमा दर्ता गराई अभिलेख अद्यावधिक गर्नु पर्नेछ । (४) स्थायी लेखा नम्बर लिई ब्यवसाय गर्ने करदाताले आफ्नो नाम, ठेगाना तथा स्थायी लेखा नम्बर उल्लेख गरी सिलसिलेवार नम्बर सहितको बीजक जारी गर्नु पर्नेछ ।